Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सरकारले दर्ता गर्‍यो बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपणसम्बन्धी विधेयक

काठमाण्डौ – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको छ ।

सरकारले आज बिहीवार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको हो । नेपालसँग कुराकानी गर्दै सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दर्ता भएको विधेयक सङ्क्रमणकालीन न्यायलाई व्यवस्थापन गर्नका लागि बनेको स्पष्ट पार्नुभयो ।

मन्त्रिपरिषद्को आजै बिहीवार बसेको बैठकले विधेयकलाई संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । सहायक प्रवक्ता धमलाले विधेयक दर्ता भएको दुई दिनभित्रमा प्रतिनिधि सभाका सबै सदस्यहरूलाई वितरण हुने जानकारी गराउनुभयो । उहाँले विधेयक दर्ता भएको पाँच दिनपछि बस्ने जुनकुनै संसद् बैठकमा पेस हुने उल्लेख गर्नुभयो ।

सचिवालयमा दर्ता भएको विधेयक संसदमा अगाडि बढाउने विषय राजनीतिक विषय भएको उल्लेख गर्दै उहाँले सभामुखले राजनीतिक दलहरूसँग छलफल गरी आउँदा दिनमा प्रतिनिधि सभाको बैठकमा पेस हुने बताउनुभयो ।उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com