Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

पालिकामा गठबन्धनको सिट बाँडफाँटप्रति असन्तुष्टि : माधव नेपाल

काठमाडौँ १० वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेका ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दाबी लाग्ने सहमति भए पनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँट नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँटले आफूहरु उत्साही भए पनि जिल्लाहरुको रिपोर्टले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो ।

‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँट उत्साहवर्द्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ । तर विभिन्न जिल्लाको रिपोर्टहरू सुन्दा त्यति आशावादी र उत्साही हुने स्थिति छैन । हामीले भनेका थियौं देशैभर हाम्रो पार्टीको सञ्जाल छ । हाम्रो पार्टीको संगठन छ । त्यसो हुनाले देशैभर हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनै पर्छ,ु अध्यक्ष नेपालले भने ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com