Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

जेठ, १६ काठमाडौं । तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ टिम सहित त्यहाँ पुगेका हुन् ।

दुर्घटनास्थलमा विमान सवार यात्रुहरू जलेको अवस्थामा भेटिएका छन् । ‘यात्रुहरू जलेको अवस्थामा भेटिएको त्यहाँ पुगेका सुरक्षाकर्मीले बताएका छन्’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा भन्छन्–‘एकएक हेर्नुपर्छ, घटनास्थलमा नेपाली सेनाको हेलिकप्टर सहितको टिम जाँदै छ ।’ मौसम हेरेर थप उद्धारको काम गरिने प्रजिअ शर्माले जानकारी दिए ।

विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य थिए । ४ जना भारतीय नागरिक र १३ जना नेपाली थिए । जर्मन नागरिक २ जना रहेको तारा एयरले जानकारी दिएको छ । आज बिहान यार्सागुम्बा टिप्न जानेहरूले फोटो खिचेर पठाएपछि दुर्घटनास्थल पहिचान भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com