Yeti Khabar

२०८० मंसिर २४, आईतवार - Sun Dec, 2023 -

इजरायलबाट थप १९ जनाको उद्धार

असोज,३० काठमाण्डौ । सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरेको छ । १० दिनअघि प्यालेस्टाइनको हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि नेपाल फर्किन चाहेका थप १९ जनालाई सरकारले भारतको नयाँ दिल्ली हुँदै नेपाल ल्याउन थालेको छ ।

आज उनीहरू स्पाइस जेटको विमानमार्फत भारतको नयाँ दिल्ली आउने र त्यहाँबाट नेपाली दूतावासको पहलमा सडक यात्रा हुँदै कैलालीको गौरीफण्टा नाका आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिनुभयो । भारतले आफ्ना नागरिकको उद्धार गर्न विमान पठाएको थियो, नेपालले कुटनीतिक पहल गरेर भारतीय नागरिकसँग १९ जना नेपालीको पनि उद्धार गरेको हो । नेपालीहरू भोलि बेलुकासम्म कैलाली आइपुग्ने परराष्ट्र मन्त्रालयले बताएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उद्धार गरिएकाहरूमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठ रहेका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com