Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

बढ्यो सुनको मूल्य

माघ,१६कमाठमाडौं । आज नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

तोलामा ३०० रुपैयाँले बढेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
अघिल्लो साताको बिहीबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको थियो। शुक्रबार भने सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको थियो।

सोमबार चाँदीको मूल्य भने स्थीर रहेको छ। आइतबारजस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com