Yeti Khabar

२०८१ बैशाख २५, मंगलवार - Tue May, 2024 -

भूकम्पमा खुट्टा गुमाएकालाई ललितपुर महानगरको आर्थिक सहयोग

खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ।

महानगरपालिकाले उक्त संस्थालाई ४ लाख ४३ हजार पाँच सय रूपैयाँको चेक बिहीबार प्रदान गरेको हो। विसं २०७२ को भूकम्पमा खुट्टा गुमाएका सात बालबालिकालाई कृत्रिम खुट्टाको व्यवस्थाका लागि उक्त रकम प्रदान गरिएको महानगरप्रमुख चिरीबाबु महर्जनले बताए।

‘अपाङ्गता भएकाहरूको जीवन सहज बनाउन नसके हामीले भनेको ललितपुर महानगर ‘स्मार्ट’ सहर बन्दैन, त्यसैले हामी उहाँहरूसँगै छौँ। यो सुन्दरढोका साथीसेवाले अपाङ्गताको क्षेत्रमा उदाहरणीय काम गरेको छ। यस्तो संस्थासँग सहकार्य गर्दै अपाङ्गता भएकाहरूको मुहारमा खुसी ल्याउन हामी प्रतिबद्ध छौं,’ महानगरप्रमुख महर्जनले भने।

उनले जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्न विनियोजन गरेको रकम तालिममा खर्च नगरी अपाङ्गता भएकाहरूका लागि ‘ह्वीलचियर’ खरिदमा खर्च गरिएको जानकारी दिए।

सुन्दर ढोका साथीसेवाका अध्यक्ष कोषविलास अधिकारीले महानगरप्रति कृतज्ञता व्यक्त गरे। कृत्रिम खुट्टाका निम्ति सिफारिस भएका निशा बुढा र मोहन रोकाले प्राप्त सहयोगबाट आफूहरूलाई जीवन यापनमा सहज हुने विश्वास व्यक्त गरे। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com