Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पोल्याण्डमा क्षेप्यास्त्र खस्दा दुईको मृत्यु, नेटोको आकस्मिक बैठक बालीमा

पोल्याण्डमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको छ।
युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने प्रेजवाडोमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
रूसले प्रहार गरेको क्षेप्यास्त्र खसेको आशंका भए पनि त्यसबारे पुष्टि हुन सकेको छैन। घटनाको जिम्मेवारी लिन रूसले अस्वीकार गरेको छ।
अमेरिकासहित उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) सम्बद्ध अन्य राष्ट्रले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।
किएभमा हमलाका लागि रूसले मंगलबार ठूलै क्षेप्यास्त्र प्रयोग गरेको थियो।

पोल्याण्डका राष्ट्रपति आन्ट्रे डुडाले कसको मिसाइल खसेको भन्ने निष्कर्षमा अझै नपुगेको बताए।
‘यो मिसाइल रूस निर्मितनै देखिन्छ। तर हामी अनुसन्धान गरिरहेकै छौँ,’ उनले भनेका छन्।
आफ्नो सदस्य राष्ट्र पोल्याण्डमा क्षेप्यास्त्र खसेको विषयमा गम्भीर ध्यानाकर्षण भएको नेटोको भनाइ छ।
साथै जी २० शिखर सम्मेलनमा सहभागी हुन बाली पुगेका नेटो सदस्य राष्ट्रहरूका प्रमुख घटनापछि आकस्मिक बैठकमा जुट्दैछन्।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com