Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति

साउन, १४ काठमाडौं । हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका वडा नम्बर ८ सर्केदेउ गाउँमा क्षति पुगेको बताए ।

मानवीय क्षति नभए पनि घर, जलविद्युत आयोजना, सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको उनले बताए । सर्केदेउ गाउँका दलबहादुर रोकायको घर भत्किएको छ ।

रिप गाउँमा दुईतिरबाट खोलाको बाढी आएपछि गाउँलेहरु समस्यामा परेका थिए । सो गाउँका करिब २५ जनालाई घर खालि गराएर सुरक्षित स्थानमा सारिएको प्रहरी प्रवक्ता मल्लले बताए ।

जलविद्युत आयोजनामा पनि क्षति पुगेपछि गाउँलेहरु अन्धकारमा रात बिताउन बाध्य छन् । सडक र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । त्यसैले सो स्थानको यकिन विवरण पनि आउन सकेको छैन ।

शुक्रबार नै बाढी पहिरोले क्षति पुर्याएको खबर पाएपछि सदरमुकामबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोली सो स्थानतर्फ पठाइएको थियो । तर बाटो भत्किएकाले सो टोली अगाडि बढ्न सकेको थिएन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com