Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

गाजामा राष्ट्रसङ्घको शक्तिशाली धारा लागू, युद्ध रोक्न महासचिव गुटेरेसको आग्रह

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्नका लागि अपिल गर्नु भएको छ । संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ९९ लागू गर्दै उहाँले युद्धविरामका लागि अनुरोध गर्नु भएको हो ।

यो धारा संयुक्त राष्ट्रसङ्घको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली प्रावधान हो । संयुक्त राष्ट्रसङ्घको इतिहासमा मात्र नौ पटक यो धाराको प्रयोग भएको छ । दशकौँदेखि यो धारा प्रयोगमा ल्याइएको थिएन । गाजापट्टीमा भइरहेको सङ्कटबारे सदस्य राष्ट्रहरुको ध्यानाकर्षण गराउन र युद्धविराम लागू गराउन गुटरेसले यो धारा लागू गरेका अलजजिराले जनाएको छ । 

गाजाका अस्पतालहरुलाई युद्ध मैदान बनाइएको भन्दै उहाँले त्यहाँको स्वास्थ्य प्रणाली ध्वस्त भएको बताउनु भएको छ । त्यहाँका नागरिकलाई जीवित रहनका लागि अति आवश्यक सामग्री समेत नभएको र यस्तो अवस्थामा पनि इजरायलले लगातार बमबारी गरिरहेको खबरमा उल्लेख छ ।

गुटरेसका अनुसार गाजा क्षेत्रको सार्वजनिक व्यवस्था पुरै ध्वस्त हुन सक्छ । उहाँले गाजामा भइरहेको युद्ध रोक्न अपिल गर्दै अन्तर्राष्ट्रिय समुदायलाई युद्ध विरामका लागि सक्दो प्रयास गर्न आग्रह गर्नु भएको छ । संयुक्त राष्ट्रसङ्घले गाजाम भइरहेको युद्ध रोक्न अपिल गर्दै आएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com