Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

भारतको राजस्थानमा किताबको बाहिरी पेजमा बेलायतको राष्ट्रिय झण्डा छापिएपछि विवाद

भारतको राजस्थानमा कक्षा ९ को अङ्ग्रेजी किताबको बाहिरी पेजमा भारतको सट्टा बेलायतको राष्ट्रिय झण्डा छापिएको विषयलाई लिएर विवाद भएको छ । शिक्षामन्त्री मदन दिलावरले पुस्तकको कभर पेजमा बेलायतको राष्ट्रिय झण्डा छापिएको तर भारतको राष्ट्रिय झण्डा नभएको कुरा अत्यन्त आपत्तिजनक रहेको बताउनुभएको छ । उहाँले यस विषयमा छानबिन गर्न माध्यमिक शिक्षा निर्देशक आशिष मोदीलाई आदेश दिनुभएको बीबीसी हिन्दिले जनाएको छ ।

शिक्षामन्त्रीले यस विषयमा छानबिन गरी दोषीलाई कारबाही गरिने पनि बताउनुभएको छ । शैक्षिक सत्रको अन्त्यमा छापिएको पुस्तकको अर्थ समेत नभएको भन्दै राजस्थानमा पुस्तक छपाईप्रति विज्ञहरुले समेत आपत्ति जनाएका छन् । यस विषयमा पुस्तक प्रकाशन गर्ने निर्णय गर्ने निकायदेखि छाप्ने निकायसम्म छानबिन गरी दोषीलाई कारबाही गरिने शिक्षामन्त्रीले बताएका खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com