Yeti Khabar

२०८१ बैशाख २७, बिहीबार - Thu May, 2024 -

दिउँसो १ बजेसम्म इलाम २ को उपनिर्वाचनमा ४२ प्रतिशत मत खस्यो

बैशाख,१५ काठमाडौं । इलाम २ को उपचिर्वाचनमा अहिलेसम्म ४२ प्रतिशत मत खसेको छ। इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार दिउँसो १ बजेसम्म ४२ प्रतिशत मतदान भएको बताए ।

उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा करिब ४९ हजार मत खसेको थियो । यस्तै एक जना किरियापुत्रीले पनि मतदान गरेका छन् । आफ्नी आमाको किरिया बसेका रजिन खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान केन्द्र क मा पुगेर मतदान गरेका बताइएको छ। सबैतिर शान्तिपूर्ण र मर्यादित रूपमा भइरहेको छ। उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com