Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

सलमानले भने, ‘मलाई कसैको धम्की आएको छैन, अहिले कसैसँग दुश्मनी छैन’

बलिउड सुपरस्टार सलमान खानलाई आएको धम्कीपूर्ण पत्रको सम्बन्धमा मुम्बई प्रहरीले एक अज्ञात व्यक्तिको नाममा मुद्दा दर्ता गरेको छ । अब प्रहरीले यस मामिलामा सलमानको बयान लिइसकेको छ । रिपोर्टका अनुसार सलमानले पुलिसलाई दिएको बयानमा धम्की आएको कुरा अस्वीकार गरेका छन् । उनले भने, ‘मेरो कसैसँग दुश्मनी छैन र मलाई कसैले धम्की दिएको छैन ।’

बान्द्रा प्रहरीलाई बयान दिएपछि सलमान आफ्नो आगामी फिल्मको सुटिङका ​​लागि हैदरावाद प्रस्थान गरेका छन् । यहाँ उनको २५ दिनको तालिका छ । बडीगार्ड शेरा र उनको टोली सलमान हैदरावाद पुग्नुअघि नै पुगिसकेका छन् ।

मलाई कसैको फोन आएको छैनः

रिपोर्टका अनुसार बान्द्रा प्रहरीले सलमानलाई ग्याङ्स्टर गोल्डी ब्रार र लरेन्सको बारेमा सोधेको थियो । जसमा सलमानले भने, ‘मलाई धम्की दिने पत्रको विषयमा कसैमाथि शंका छैन । आजकल मेरो कसैसँग दुश्मनी छैन । मैले सन् २०१८ मा लरेन्सको बारेमा सुनेको थिएँ किनभने त्यसतिबेला उनले मलाई धम्की दिएका थिए । तर म गोल्डी र लरेन्सलाई चिन्दिनँ ।’

धम्कीको बारेमा कुरा गर्दै उनले प्रहरीलाई भने, ‘हालको दिनमा मेरो कसैसँग झगडा वा बहस भएको छैन । मलाई कुनै धम्कीयुक्त फोन पनि आएको छैन । चिठ्ठी पनि मैले होइन, मेरो बुवाले पाउनुभएको हो । त्यो पनि बिहान घुम्न निस्कँदा ।’

प्रहरीले अनुसन्धानलाई तीब्र दियो

मुम्बई प्रहरीले अनुसन्धानलाई तीब्रता दिएको छ । ८ वटा टोली यस विषयमा निरन्तर अनुसन्धानमा जुटेका छन् । बान्द्रा क्षेत्रमा जडान गरिएका २०० सीसीटीभीको छानबिनपछि केही संदिग्धहरू फेला परेका छन्, तर अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । अनुसन्धान भइरहेको सीसीटीभी फुटेजमा ग्यालेक्सी अपार्टमेन्टमा जडान गरिएका क्यामेराहरू पनि समावेश छन् ।

चिट्ठीको अनुसन्धान जारी छ

मुम्बई प्रहरीले पनि सलमान खानलाई दिएको धम्की पत्रको अन्त्यमा जीबी र एलबी लेखिएको पुष्टि गरेको छ । यसको मतलब गोल्डी बरार र लरेन्स बिश्नोई हुन सक्छ, तर यो पत्र साँच्चै लरेन्स गिरोहसँग सम्बन्धित छ वा कसैले उट्पट्याङ गरेको हो, त्यो अझै स्पष्ट छैन ।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com