Yeti Khabar

२०८१ जेष्ठ ७, सोमबार - Mon May, 2024 -

जसपा नेपालको केन्द्रीय समितिको बैठक ३१ गते बस्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। यही वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए। उनका अनुसार बुधवार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बस्नेतले बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com