Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

बाजुरामा पहिरोमा परी एकको मृत्यु, प्रहरी चौकी सारियो

अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा जगन्नाथ गाउँपालिका–१ मा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीया प्रभुलाल गिरी रहेका छन् भने उनकी आमा घाइते भएकी हुन ।

घाइतेलाई उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरोमा परी गिरीको मृत्यु र उनकी आमा घाइते भएको जानकारी प्राप्त भए पछि प्रहरी टोलीले घाइतेको उद्दार गरिएको थियो । सोही गाउँमा पहिरोमा परी ३ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए।

प्रहरीका अनुसार पछिल्लो समयमा परेको लगातारको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढेसँगै सोही गाउँपालिका जुड्डीमा रहेको प्रहरी चौकी जुड्डी खोला र कर्णाली नदीले कटान गर्दा जोखिममा परेको छ। निरन्तर बाढीले प्रहरी चौकी उच्च जोखिममा परे पछि चौकीको टोलीलाई सोही स्थानमा निर्माणाधीन रहेको स्वास्थ्य चौकीको भवनमा सरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।-न्युज कारखाना

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com