Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

हिरो अनुपविक्रम शाही नेपाली काँग्रेसमा प्रवेश

साउन २७, काठमाडौ । अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढि चलचित्रमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच काँग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए ।

मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।

अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि काँग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए । म यसअघि कुनै पनि पार्टीमा आवद्ध थिइन् । पहिलो पटक काँग्रेससँग आवद्ध भएको हुँ, उनले भने,काँग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरुभन्दा काँग्रेस नै ठीक लाग्यो ।

साथै उनले काँग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएकोसमेत बताए । धेरै अग्रज र सम्मानित कलाकारहरु काँग्रेसमा हुनुहुन्छ, यसले पनि मलाई काँग्रेस मन परेको हो, उनले भने ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com