Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

अपिहिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहरा निर्वाचित

जेठ १ काठमाण्डै । अपिहिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता भगतसिंह ठेकरे बोहरा निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणनामा बोहराले दुई हजार ३०४ मत ल्याएर भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मानन्द मन्यालले एक हजार ३८५ मत पाए ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी देवकी बोहरा निर्वाचित भएकी छन् । उनले दुई हजार २७ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उर्मिला बोहराले एक हजार ३१३ मत पाइन् ।

यसपटक गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा सत्तारुढ दलले तालमेल गरेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com