Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

भारतमा फेरि बढ्न थाल्यो कोरोना

छिमेकी मुलुक भारतमा लगातार ११ सातासम्म ओह्रालो लागेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ।
टाइम्स अफ इन्डियाका अनुसार यो साता अप्रिल ११- १७अघिल्लो साताको तुलनामा कोरोना संक्रमण ३५ प्रतिशतले बढेको छ। भारतको राजधानी दिल्ली, उत्तर प्रदेश र हरियाणामा संक्रमण ह्वात्तै बढेको छ।

अघिल्लो साता भारतमा ४९०० संक्रमित थपिएकोमा यो साता ६६१० संक्रमित थपिएका छन्। दिल्लीमा अघिल्लो साताभन्दा यसपालि १४५ प्रतिशतले संक्रमण वृद्धि भएपछि थप सावधानी अपनाइएको छ।

दिल्लीका स्कुले विद्यार्थीहरूमा संक्रमण देखिन थालेपछि ती विद्यालयमा भौतिक पठन-पाठन बन्द गर्नेबे छलफल हुँदैछ। दिल्लीमा पछिल्लो समय बढिरहेको कोरोनाको संक्रमणबारे बुधबार दिल्ली डिज्यास्टर म्यानेजमेन्ट अथोरिटीको बैठक बस्दैछ।

भारतका अरू राज्यहरूमा भने कोरोनाको संक्रमण बढेको छैन। भारतमा अहिलेसम्म ४ करोड ३० लाख मानिसमा कोरोना संक्रमण भएको छ भने तीमध्ये पाँच लाख २१ हजारले ज्यान गुमाएका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com