Yeti Khabar

२०७९ आश्विन १६, आईतवार - Sun Oct, 2022 -

सडक नालीमा युवकको शव फेला

असार, १५ काठमाडौं । विराटनगरको नालीमा पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका-६ सरोचियास्थित नालीमा हिजो राति विराटनगर-५ का ३० वर्षीय सन्तोष मण्डलको शव फेला परेको हो ।

सडक किनारको नालीमा राति ११:२५ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
घटनास्थलनजिक एउटा साइकल पनि लडेको अवस्थामा फेला परेको उनले बताए । रातको समयमा साइकलमा यात्रा गर्ने क्रममा नालीमा लडेपछि उठ्न नसकेर मण्डलको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com