Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

आतङ्कवाद मुद्दामा इमरान खानलाई जमानत

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुरक्षात्मक जमानत स्वीकृत गरिएको छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई संघीय राजधानी इस्लामावादका अतिरिक्त इजलास न्यायाधीश जेबा चौधरी र प्रहरी अधिकारीलाई धम्की दिएको आरोपमा दर्ता गरिएको आतङ्कवादको मुद्दामा सेप्टेम्बर १ सम्मका लागि सुरक्षात्मक जमानत स्वीकृत गरिएको हो ।

इस्लामावादको आतङ्कवाद नियन्त्रण अदालतले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख खानलाई बिहीबार अन्तरिम जमानत प्रदान गरेको हो । उनलाई एक लाख रुपैयाँको जमानतका लागि स्वीकृत दिइएको हो । इस्लामावादका सदर म्याजिस्ट्रेट अली जावेदको उजुरीका आधारमा इमरान खानविरुद्ध आतंकवादको मुद्दामा शनिबार अबेर राति मुद्दा दर्ता गरिएको थियो ।

तर, पूर्वप्रधानमन्त्री खानलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ र उनलाई सेप्टेम्बर १ सम्ममा अदालतमा उपस्थित हुन आदेश दिइएको छ । यद्यपि अदालतले पीटीआईका वकिल बाबर अवानको थप जमानतको अनुरोधलाई अस्वीकार गरेको छ । –एएनआई

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com