Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

काठमाडौंबाट बाहिरिए करिब ३ लाखभन्दा बढी व्यक्ति

२९ वैशाख, काठमाडौं । पछिल्ला ५ दिनमा मात्रै करिब ३ लाखभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार चुनावका लागि भोट खसाल्न जाने यात्रुको उच्च चाप थियो । बुधबार मात्रै ८३ हजार ६६० जनाले काठमाडौं उपत्यका छाडेका थिए ।

बुधबार ११ हजार २३३ सवारीले काठमाडौं विभिन्न नाका हुँदै काठमाडौं छाडेका थिए । चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै गर्दा बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ ।

२७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौं छाडेका थिए। २६ वैशाखमा यो संख्या ५० हजार ९३० थियो भने २५ गते ५५ हजार ७४६ जनाले काठमाडौं छाडेका थिए । २४ गते ५३ हजार व्यक्तिले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उपत्यका भित्रिने यात्रुको संख्या भने केही दिन यता सामान्य अवस्थाको भन्दा कम रहेको महाशाखाले जानकारी दिएको छ । बुधबार ९ हजार २२१ वटा सवारीबाट ३५ हजार ६५७ यात्रु काठमाडौं भित्रिएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com