Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

नयाँ वर्षमा घुम्न गएका एक पुरुषको मृत्यु

पुष,१७ काठमाडौं । ओखलढुंगामा लेक लागेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको खिजीदेम्बा गाउँपालिका– ३ खिजीचण्डेश्वरीका ५३ वर्षीय जितबहादुर सुनुवारको लेक लागेर हिजो मृत्यु भएको छ।

अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन घरबाट साथीहरूसँग घुम्न निस्केका सुनुवारलाई पिके जाने क्रममा सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने खिजीदेम्बा भुलभुलेमा लेक लागेको थियो।

लेक लागेर एक्कासि बेहोस भई ढलेका सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । सुनुवारसहित खिजीदेम्बाका युवाहरू नयाँ वर्षको अवसर पारेर यस क्षेत्रकै प्रमुख पर्यटकीय क्षेत्र थोलेदेम्बा, भुलभुले हुँदै पिकेडाँडासम्मको यात्रामा थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com