Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

विश्व जोखिम सूचकाङ्कमा फिलिपिन्स पहिलो स्थानमा

विश्व जोखिम सूचकाङ्क सन् २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्रकोप हुने देशहरूको सूचीमा पहिलो स्थानमा राखेको छ ।

जर्मनीले प्रकाशन गरेको यो सूचकाङ्कले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएका १ सय ९३ वटा देशहरुको प्रकोप जोखिम मापन गर्नेगर्छ । सन् २०२२ को सूचकाङ्कले सबैभन्दा बढी जोखिमयुक्त देशमा फिलिपिन्स, भारत र इन्डोनेशियालाई राखेको छ ।

प्यासिफिक क्षेत्रमा रहेको द्वीपसमूह प्रायः शक्तिशाली टाइफुनहरू, बाढी र पहिरो, भूकम्प र ज्वालामुखी विस्फोटबाट बढी प्रभावित हुने गरेको चिनियाँ समाचार माध्यम सिन्ह्वाले जनाएको छ ।  ६ दिनअघि दक्षिणी फिलिपिन्समा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ५४ जना पुगेको खबरमा उल्लेख छ । अझै हराइरहेका ६३ जनाको खोजी भइरहेको छ ।

उद्धारकर्मीहरुले पहिरोमा परि भत्किएका संरचनाको माटो र भग्नावशेष निकाल्ने काम गरिरहेका छन् । डाभाओ डे ओरो प्रान्तको माकोमा पहिरो जाँदा १ हजार ३ सय ४७ घरपरिवारका ५ हजार ४३१ जना प्रभावित भएका स्थानीय अधिकारीले बताएका सिह्वाले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com