Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

राहुल गान्धी काठमाडौंमा

काठमाडौँ १९ वैशाख । भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन् ।
उनी भिस्तारा एयरलाइन्सको विमानबाट आज अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल उच्च स्रोतले बतायो ।

उनी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । उनी पूर्व राजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम छ । नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन् । नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्‍ने स्रोतले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com