Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

श्रीलंकामा ५७ लाख मानिसलाई मानवीय सहायता आवश्यक : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले श्रीलङ्कामा जारी आर्थिक सङ्कटका कारण स्थिति गहिरिन सक्ने चेतावनी दिँदै कम्तीमा ५७ लाख श्रीलङ्कावासीलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । यो श्रीलङ्काको कूल जनसङ्ख्याको २६ प्रतिशत हो ।

ओसीएचएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रणाली, सेवा र सुविधाहरूको समस्यालाई सम्बोधन गर्न तत्काल मानवीय सहायता र उच्च हस्तक्षेपबिना यो सङ्ख्या बढ्नेछ र दक्षिण एसियाली देशमा यसको परिणाम अझ गहिरो हुनेछ ।” “आर्थिक सङ्कटका कारण खाद्य सुरक्षा र जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ भने अस्पतालको प्रसूति सेवा, यौन तथा प्रजनन स्वास्थ्य सेवालगायत शिक्षा र स्वास्थ्य सेवाजस्ता आधारभूत सेवाको पहुँच र उपलब्धतामा बाधा पुगेको छ,” विज्ञप्तिमा भनिएको छ ।

जैविक खेतीमा असफल कृषि अभ्यासले ल्याएको घरेलु कृषि उत्पादनमा आएको गम्भीर गिरावटले सङ्कटलाई गहिरो बनाएको ओसिएचएले जनाएको छ । श्रीलङ्कामा खाद्यान्न, इन्धन, खाना पकाउने ग्याँस, औषधि र अन्य आवश्यक वस्तुहरूको गम्भीर अभावको साथ समष्टिगत आर्थिक सङ्कटले जटिल मानवीय आपत्कालीन स्थिति ल्याएको र लाखौं मानिसहरूले बढ्दो रूपमा कष्ट भोगिरहेका छन् ।

सर्वेक्षणमा सहभागी ९६ प्रतिशत घरधुरी हालको सङ्कटका प्रभावित भएका छन् र घरेलु स्तरमा मुख्य प्राथमिकताका तीन आवश्यकता खाद्यान्न, स्वास्थ्य र जीविकोपार्जनसँग सम्बन्धित रहेका देखिएको छ । विदेशी मुद्राको अभावको सामना गरिरहेको, अत्यावश्यक आपूर्ति र खाद्य वस्तुहरूको समेत अभाव भएकोले श्रीलङ्काले आफ्नो देशको इतिहासमा सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । (रासस/एएफपी)

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com