Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार

असार, ४ काठमाडौं । दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका ५ दोघरेस्थित एक निर्माणाधीन घरमा सुस्त मनस्थितिकी युवतीमाथि ४ जनाले सामूहिक बलात्कार गरेका हुन् ।

बलात्कार गरेको आरोपमा तुलसीपुर ५ का २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका हुन् । अन्य दुई जना भने फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

चौधरीले २५ वर्षीय सुस्त मनस्थितिकी युवतीलाई घरबाट फकाएर नयाँ घर बन्ने ठाउँसम्म पुर्याएका थिए । त्यसपछि ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीको भनाई छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com