Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

सदनमा अर्जुननरसिंह केसीको प्रश्न- प्रधानमन्त्रीको सम्बोधन लगत्तै प्रतिपक्षी दलको नेता बोल्ने परम्परा कहाँ छ?

facebook sharing button

काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले सम्बोधन गर्ने वित्तिकै प्रतिपक्षी दलको नेतालाई बोल्न समय दिने परम्परा नरहेको बताएका छन्। सांसद केसीले उक्त परम्परा कहीँ रहेको भए आफूलाई जानकारी गराउन सभामुखलाई चुनौती दिएका छन्। 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद केसीले उक्त सवाल गरेका हुन्। ‘संसदको संरक्षक सभामुख हो। कुनै पनि संसदको नेता प्रधानमन्त्री हो। सार्वजनिक सवाल प्रस्तुत भइसकेपछि तत्कालै प्रमुख प्रतिपक्षलाई बोल्न दिने संसदमा परम्परा नै स्थापित गरिएको छ। सभामुख महोदयको दाहिने-देब्रेतिर सचिवालय छ, संसारभरिको के अभ्यास छ। त्यो अभ्यास मैले थाहा पाएँ भने केही सिक्थें,’ सांसद केसीले भने। 

जेठ २२ गतेको प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक सवालको प्रस्तावमाथि सांसदहरुको प्रश्नोउत्तर गरे लगत्तै प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई सभामुखले समय दिएका थिए। सांसद केसीले सोही कुरालाई स्मरण गर्दै सभामुखको भूमिकामा सन्देह गरेका हुन्। 

उक्त दिनको प्रतिनिधि सभाको बैठकमा नेता ओलीले आवेगपूर्ण मन्तव्य दिएका थिए। प्रधानमन्त्रीलाई प्रश्न गर्ने सन्दर्भमा रास्वपाका सांसद शिशिर खनालले असंसदीय अभिव्यक्ति दिएको भन्दै रेकर्डबाट हटाइएको थियो। जसले सदनमा लामो समय सवालजवाफ चलेको थियो। जसलाई लिएर रास्वपा सभापति रवि लामिछानेले बिहीबारको सम्बोधनमा आफूहरुबाट गल्ती भएको भन्दै आत्मालोचना गरेका थिए। तर उक्त दिन ओलीले आफ्नो भाषणमा सांसद खनालको अभिव्यक्ति सही रहेको भनेर घुमाउरो भाषामा स्थापित गर्ने प्रयास गरेका थिए। 

उक्त प्रकरणलाई लिएर सांसद केसीले शुक्रबार सभामुखको भूमिकालई लिएर प्रश्न गरेका हुन्। साथै सांसद केसीले उक्त परम्परालाई सच्याउनुपर्ने बताएका छन्। 

‘त्यो परम्परा ठिक होइन। यसरी संसदीय परम्परालाई जता लैजाँदैछौं त्यसलाई गम्भीरतापूर्वक सोचियोस्,’ सांसद केसीले भने। नेपाल लाइभ बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com