Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कुनै हालतमा निर्वाचन सर्दैन : प्रचण्ड

काठमाडौं ५ वैशाख नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको बताएका छन्।

केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे नी हो भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ। यो नेपालमा एक खालको प्रवृत्ति पनि देखिएको छ अध्यक्ष दाहालले भने,गठबन्धनका आबद्ध दलका तर्फबाट यस्तो विषयमा कहीँकतै पनि चर्चा भएको छैन। यही वैशाख ३० गते नै निर्वाचन हुन्छ, गरिन्छ।

नेकपा माओवादी केन्द्र द्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेत्रविक्रम चन्द समूहलाई निर्वाचनमा सहभागी गराउने भन्दै निर्वाचन सार्न लागिएको छ रे नी भन्ने प्रश्नको जिज्ञासामा उनले भने, विप्लव समूहलाई निर्वाचनमा कसरी सहभागी गराउने भन्नेबारेमा गठबन्धन दलका बीचमा साझा मत छ। उहाँहरु पनि निर्वाचनमा सहभागी हुन्छौँ भनेर आउनुभएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com