Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

दोलखामा सत्तारुढ गठबन्धन विजयी

असार, १ काठमाडौं । जिल्ला समन्वय समिति दोलखामा सत्तारुढ गठबन्धन विजयी भएको छ । आज भएको जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बर्जुराम घतानी र उपप्रमुखमा एकिकृत समाजवादीका दोर्जी शेर्पा विजयी भएका हुन् ।

निर्वाचनमा कुल १८ मत खसेको थियो । जसमध्ये गठबन्धनका प्रमुख र उपप्रमुखले ११–११ मत प्राप्त गरेका छन् भने उनीहरुका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमुख पदका उम्मेदवार ऋषिकेश उप्रेती र उपप्रमुखका उम्मेदवार गोमा केसीले ७–७ मत प्राप्त गरेका छन् । दोलखा जिसस प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी तथा सदस्य पदका लागि आज निर्वाचन भएको हो ।

७ सदस्यमा सत्तारुढ गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवारहरू विजयी भएका छन् । विजयी हुने सदस्यहरूमा अनिल तमाङ, निलम ठकुरी, कृष्ण श्रेष्ठ, सन्तेन्जु शेर्पा, टसि शेर्पा, कल्पना थामी र मेनुका चौलागाई रहेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com