Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कर्णालीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री

कर्णालीका १० वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी गरिएको छ । यहाँका हुम्ला, डोल्पा र मुगुमा नेपाली सेनाको हेलिकोप्टर तथा बाँकी जिल्लामा गाडीमार्फत पठाइएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

निर्वाचन आयोगले कर्णालीमा करिब ११ लाख मतपत्र पठाएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला देवकोटाले मतपत्र लगायतका सामग्री जिल्ला निर्वाचन कार्यालयमा पठाइएको र सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयले नै स्थानीय तहसम्म सामग्री ढुवानीको व्यवस्थापन मिलाउनुपर्नेछ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार मतपत्रका साथै ५८ वटा निर्वाचन सामग्री पठाइएको छ । पन्ध्र वटा जिल्लालाई खरिद गर्ने जिम्मेवारी दिएको र बाँकी आयोगले नै पठाएको हो । ती सामग्रीमा स्वस्तिक छाप, मसी, मतपेटिका, मतदाता नामावली, टेप, थैली, लाहाछाप, प्राथमिक उपचार किट, कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य सामग्रीलगायत छन् । कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ मतदाता छन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com