Yeti Khabar

२०८१ जेष्ठ ५, शनिबार - Sat May, 2024 -

पाकिस्तानमा ६० वर्ष यताकै सबैभन्दा धेरै वर्षा

पाकिस्तानमा ६० वर्षभन्दा बढी समयमा यो वर्ष सन् २०२४ को अप्रिलमा ‘सबैभन्दा बढी वर्षा भएको छ । सन् १९६१ पछि सबैभन्दा धेरै वर्षा भएको अप्रिलको रुपमा यो वर्ष रेकर्ड भएको त्यहाँको मौसम विभागले जनाएको छ । विभागकाअनुसार गएको अप्रिल महिनामा सामान्यभन्दा दुई गुणा बढी ५९ दशमलव तीन मिलिमिटर वर्षा भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यो सामान्य औसत २२ दशमलव पाँच मिलिमिटरभन्दा ‘अत्यधिक’ रहेको पाकिस्तानको मौसम विज्ञान विभागले रिपोर्टमा उल्लेख गरेको छ । भारी वर्षाका कारण चट्याङ र घर भत्किँदा कम्तीमा एक सय ४४ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै वर्षा दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा औसतभन्दा चार सय ७३ प्रतशित धेरै भएको रेकर्ड गरिएको छ ।

पाकिस्तान अप्रत्याशित मौसमका साथै सामान्यतया जुलाईमा आउने विनाशकारी मनसुनी वर्षाप्रति अहिलेदेखि संवेदनशील र सचेत भएको खबरमा उल्लेख छ । विश्व बैंकको अनुमानअनुसार सन् २०२२ को गर्मीमा पाकिस्तानको एक तिहाई भाग अभूतपूर्व मनसुनी वर्षाका कारण जलमग्न हुँदा लाखौँ मानिस विस्थापित भएका थिए भने देशलाई ३० अर्ब डलरको आर्थिक क्षति भएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com