Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

कुटिए नेपाल प्रहरीका डीएसपी

साउन,७ काठमाडौं । महोत्तरीमा नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) कुटिएका छन्। अज्ञात समूहले प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डीएसपी चन्देश्वर यादवमाथि आक्रमण गरेको हो।

शुक्रबार राति जलेश्वर नगरपालिका–२ बसपार्कस्थित विद्यापति नगरमा उनीमाथि आक्रमण भएको पाइएको महोत्तरी प्रहरीका प्रवक्ता दिलिप कुमार गिरीले बताए। कसले किन उनीमाथि आक्रमण गर्‍यो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन।

आक्रमणबाट डीएसपी यादवको दायाँ खुट्टा भाँचिएको छ। घाइते अवस्थामा उद्दार गरिएका डीएसपीलाई उपचारका लागि नेपाल प्रहरी अस्पताल काठमाडौं ल्याइएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com