Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

लोक गायिका बबिता बानियाँ जेरी र गायक शंकर क्षेत्रीले गरे सम्बन्ध विच्छेद

कार्तिक,२४ काठमाडौं । लोक गायिका बबिता बानियाँ जेरी र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्।
उनीहरूले आज काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका छन्।

‘दुई जनाको सहमतिमा हामीले डिभोर्स गरेका छौं। मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था आएपछि सम्बन्ध टुंगाएका हौं,’ उनले भने।

उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ।
सम्बन्ध विच्छेद गरेपछि बबिता बानियाँ ‘जेरी’ले मिडियासँग कुराकानी गर्दै पैसाको कुरामा मतभेद भएको बताएकी छन्।

उहाँले मलाई भन्दा पनि मैले कमाउने पैसालाई प्रेम गर्नु भएको रहेछ। मैले कमाएको पैसा उहाँको आमाछोराको नाममा राख्नु पर्ने बाध्यता थियो। पैसाकै कारण आज हामी यो स्थितिमा पुग्यौं। तँ सँग विवाह गरेर मेरो बदनाम भयो। मलाई कस्ता-कस्ता केटीले कुरेर बसेका थिए। न उमेर मिल्ने, न रुपरंग मिल्ने यस्तोसँग फसे भन्दै मानसिक यातना दिइरहनु हुन्थ्यो, उनले भनेकी छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com