Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

नेपालीले तीन महिनामा लगाए ५५ करोडभन्दा बढीको सारी, लुङ्गी र धोती

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५५ करोड रुपैयाँभन्दा बढीको सारी, लुङ्गी र धोती आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मूल्य बराबरको सारी, लुङ्गी र धोती आयात गरेको हो ।

भन्सार विभागका अनुसार सो अवधिमा नेपालले कुल ५५ करोड ३ लाख ९९ हजार रुपैयाँको सारी, लुङ्गी र धोती आयात गरेको छ । सो मूल्यमा १३ लाख ७६ हजार ५२० थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको विभागले जनाएको छ । चीन, भारत, इन्डोनेसिया, थाइल्यान्ड, अस्ट्रेलिया र बङ्गलादेशबाट नेपालमा सारी, लुङ्गी र धोती आउने गरेको छ ।

नेपालमा सबैभन्दा ठुलो मात्रामा सारी, लुङ्गी र धोती भारतबाट आउने गरेको छ । पछिल्लो तीन महिनामा मात्र भारतबाट ५२ करोड ६० लाख २२ हजार रुपैयाँको सारी, लुङ्गी र धोती नेपालमा भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८.७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब २७ करोड ३५ लाख १ हजार रुपैयाँको सारी, लुङ्गी र धोती आयात गरेको थियो । – न्युज कारखाना

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com