Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, कुटनीतिक वार्ता गर्नुपर्छ : देउवा

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नहुने बताउनुभएको छ ।
गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केपी ओली जी दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता आउँछ ? भनेर प्रश्न गर्नुभयो । साथै उहाँले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । बोलेर मात्रै समस्या समाधान नहुने भन्दै उहाँले भूमि फिर्ता ल्याउन भारतसँग कुरा गर्ने बताउनुभयो ।

हिजो दार्चुलाको खलंगामा भएको चुनावी सभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशको एक इन्च जमिन कसैलाई नछाड्ने बताउनुभएको थियो । आज डडेलधुरामा भएको सभामा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र तथा समावेशी संविधानलाई बचाउनुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो ।उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com