Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

फिनल्याण्डकी प्रधानमन्त्रीले भनिन्- मैले रक्सी खाएकी हुँ, लागुऔषध होइन

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुऔषध खाएर नाचगान गरेको आरोप अस्वीकार गर्दै त्यसको पुष्टिका लागि स्वास्थ्य परीक्षण गरेकी छिन्।

साथीहरूसँगको जमघटमा मातेर नाचेको भिडिओ सार्वजनिक भएपछि उनीमाथि लागुऔषध सेवनको आरोप लागेको थियो।
सार्वजनिक भएको भिडिओबारे उनले भनेकी छिन्,’यो भिडिओ नितान्त व्यक्तिगत हो। म मेरा साथीहरूसँग पार्टी गरिरहेकी थिएँ। मैले रक्सी पिएकी थिएँ तर लागुऔषध सेवन गरेको थिइनँ।’

आफूमाथि लागेको आरोपलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ। ‘ममाथि निकै अन्याय भएको छ। मैले आफ्नै न्यायिक सुरक्षाका निम्ति स्वास्थ्य परीक्षण गरेको छु। एक साताभित्र सत्यतथ्य सार्वजनिक हुने नै छ,’ मरिनले भनिन्।

प्रधानमन्त्री मरिनको भिडिओ सार्वजनिक भएसँगै विपक्षी दलले उनको स्वास्थ्य परीक्षण गर्न माग गरेको थियो। मरिन यसअघि पनि विवादित भएकी थिइन्।

गत वर्ष कोरोना संक्रमितसँग कन्ट्याक ट्रेसिङमा पर्दा क्लब गएको भन्दै उनको आलोचना भएको थियो। यस घटनाप्रति उनले माफीसमेत मागेकी थिइन्।

सन् २०१९ मा उनी फिनल्याण्डको प्रधानमन्त्रीमा चयन भएकी थिइन्। २९ वर्षको उमेरमा सांसद चयन भएकी मेरिना ३४ वर्षमै प्रधानमन्त्री बनेकी थिइन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com