Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

कञ्चनपुरमा प्रमुख/उपप्रमुखमै २८ प्रतिशत मत बदर

जेठ, १८ काठमाडौं । नौ वटा पालिका रहेको कञ्चनपुरमा नगरप्रमुख/उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ । स्थानीय तहको निर्वाचन सकिएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क हेर्दा २८.६८ प्रतिशत मत पालिकाको नेतृत्व तहको पदमा बदर भएको देखिएको छ । मतदाता शिक्षाको कमी, दलीय गठबन्धनबारे मतदाताको अलमललगायतका कारणले प्रमुख÷प्रमुख पदमै बढी बदर भएको हो ।

निर्वाचन कार्यालयको तथ्याङ्क हेर्दा कञ्चनपुर सदरमुकाम रहेको भीमदत्त नगरपालिकामा सबैभन्दा बढी नगरप्रमुख र उपप्रमुख पदमा मत बदर भएको देखिएको छ । दुई लाख पाँच हजार २५० मत खसेको कञ्चनपुरमा ५८ हजार ८६२ मत नगरप्रमुख र उपप्रमुखका साथै गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा बदर भएको छ । भीमदत्तनगरमा कूल ४२ हजार ७४९ मत खसेकोमध्ये नगरप्रमुख पदमा सात हजार ५३५ मत र उपप्रमुखमा छ हजार ९३८ मत बदर भएको छ । नगर प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।

त्यसैगरी दोधारा–चाँदनीमा नगर प्रमुखमा एक हजार ४८७ र उपप्रमुखमा एक हजार ६८० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । महाकाली नदीपारीको दोधारा–चाँदनीमा कूल १८ हजार ३१९ मत खसेको थियो । नगरप्रमुखमा नेकपा एमाले र उपप्रमुखमा काँग्रेस उम्मेदवारी विजयी भएका छन् । त्यस्तै नगरप्रमुख र उपप्रमुख दुवै काँग्रेसले जितेको वेदकोट नगरपालिकामा कूल २२ हजार २९३ मत खसेको थियो । नगरप्रमुखमा तीन हजार ६५६ र उपप्रमुखमा तीन हजार ७५६ मत बदर भएको तथ्याङ्कले देखाएको छ । नगरप्रमुख र उपप्रमुखमा मात्रै नभएर वडाध्यक्षदेखि वडा सदस्य, महिला सदस्यसम्ममा मत बदर भएको देखिन्छ । जसका कारण धेरैजसो पालिकामा झिनो मतान्तरले जीत र हारको परिणामसमेत निस्केको छ ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिका पनि प्रमुख र उपप्रमुखलगायत वडाको सदस्यसम्म बदर मतबाट अछुतो छैन् । शुक्लाफाँटाको नगरप्रमुखमा दुई हजार ९८९ मत र उपप्रमुखमा तीन हजार ९१९ मत बदर भएको छ । नेकपा ९एमाले०का उम्मेदवार नगरप्रमुख र काँग्रेसका उम्मेदवार उपप्रमुख जितेका थिए । यहाँ कूल २२ हजार ४२७ मत खसेको थियो । त्यसैगरी कृष्णपुर नगरपालिकामा २८ हजार ९४६ मत खसेको थियो । जसमा प्रमुखमा दुई हजार ७६७ र उपप्रमुखमा तीन हजार ५३५ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ । प्रमुख र उपप्रमुख पद दुवैमा काँग्रेसका उम्मेदवार विजयी भएर पालिकाको कामकाज अघि बढाइसकेका छन् ।

दक्षिण क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा काँग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख बनेका छन् । तेइस हजार ६०८ मत खसेको पुनर्वासमा नगरप्रमुखमा चार हजार २९९ र उपप्रमुखमा चार हजार ३६२ मत बदर भएको छ ।बेलौरी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का पातिलाल चौधरी दोस्रो पटक प्रमुखमा निर्वाचित भएका छन्। उपप्रमुख भने नेकपा एमालेबाट निर्वाचित भइन् । पच्चीस हजार ७३७ मत खसेको बेलौरी नगरपालिकामा नगरप्रमुखमा दुई हजार ८१९ र उपप्रमुखमा दुई हजार ९५० मत बदर भएको देखिन्छ ।

त्यसैगरी बेलडाँडी गाउँपालिकामा समेत मत बदर भएको छ । यो पालिका अध्यक्षमा एक हजार ३७२ र उपाध्यक्षमा एक हजार ६४३ मत बदर भएको छ । नौ हजार ८३६ मत खसेको बेलडाँडी गाउँपालिकामा काँग्रेसका उम्मेदवार अध्यक्ष÷उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी यहाँको राना थारु समुदायको बाहुल्य भएको लालझाडी गाउँपालिकामा अध्यक्षमा एक हजार ४११ र उपाध्यक्षमा एक हजार ७४४ मत बदर भएको छ । एघार हजार ३३५ मत खसेको यहाँ नेकपा एमालेका उम्मेदवारले अध्यक्ष÷उपाध्यक्ष जितेका थिए । दुई लाख ९५ हजार ३५४ मतदाता रहेको कञ्चनपुरमा ९० हजार १०४ जना मतदानमा सहभागी भएनन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com