Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिकासहित दुई जनाको हत्या

जेठ,१८ काठमाडौं । प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि कपिलवस्तुमा एक युवाले प्रेमिकासहित दुई जनाको हत्या गरेका छन्। प्रहरीका अनुसार रूपन्देहीको कंचन गाउँपालिका वडा नं. २ का २२ वर्षीय मोहन थारूले कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ मटेरियाकी १८ वर्षीय अन्जनी थारु र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले आज बिहान नौ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका बमबहादुरको सामुदायिक अस्पताल पिपरा र अन्जनीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बताए ।

घलेका अनुसार मोहन र अन्जनीबीच केही समययता प्रेम सम्बन्ध रहे पनि मोहनले गरेको विवाहको प्रस्ताव अन्जनीले अस्वीकार गरेकी थिइन्।
‘आफ्नो प्रस्ताव अस्वीकार गरेपछि त्यसैको रिसइबीमा मोहनले अन्जनी र उनका काका बम बहादुरको चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, थप सोधपुछ र अनुसन्धान भइरहेको छ,’ घलेले भने।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com