Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

भारतको कारखानामा ग्यास चुहिँदा ९ जनाको मृत्यु, ११ जना अचेत

भारतको पञ्जाव राज्यको लुधियाना जिल्लास्थित एक कारखानामा आइतबार बिहान ग्यास चुहिँदा ९ जनाको मृत्यु भएको छ । अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन् ।

उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । राष्ट्रिय विपद् प्रतिकार्य बल एनडीआरएफको एक समूह घटनास्थल पुगेको छ भने दमकल र चिकित्सकको टोली पनि त्यहाँ पुगेको छ ।

एनडीआरएफ टोली युद्धस्तरमा उद्धारमा जुटेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीका एक अधिकारीले ग्यास चुहिएर दुर्घटना भएको बताए पनि त्यससम्बन्धमा विस्तृत विवरण दिएका छैनन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com