Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सर्लाहीमा करेन्ट लागेर युवकको मृत्यु

जेठ, १२ काठमाडौं । सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। सर्लाहीको विष्णु गाउँपालिका ६ सिमराका लालबाबु महतो कुशवाहाको तरकारी बारीमा करेन्ट लागेर स्थानीय एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय राम बेचन रामका छोरा ३६ वर्षीय शैलेन्द्र राम रहेका छन्।

कुशवाहाको तरकारी बारीमा रामको करेन्ट लागेर मृत्यु भएको खबर सुनेपछि प्रहरीले रामको शवलाई पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ। घटनाको अनुसन्धानको लागि तरकारी खेतका धनी कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com