Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

हुम्लाको अदानचुलीमा सम्बोधन गर्दै ३० गते देशको भविष्य निर्धारण हुने : ओली

काठमाडौं ४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते देशको भविष्य निर्धारण हुने बताएका छन् । आज हुम्लाको अदानचुलीमा पार्टीले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशको भविष्य निर्धारण हुने बताएका हुन् ।

उनले भने, ‘३० गते हुने स्थानीय तहको निर्वाचनले देशको भविष्य निर्धारण हुन्छ । देश विकास, विनाश, स्वच्छता, भ्रष्टाचारतिर जाने भन्ने कुराको निर्धारण हुन्छ । एक सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले महिनाको चार हजार पुगेको उल्लेख गर्दै उनले एमालेले मात्रै बुढाबुढीलाई हेर्ने गरेको बताए ।

उनले भने,‘काम गर्न नसकेर सरकारबाट हटेको होइन, जालझेलबाट हटाइएको हो । देश विकास गर्न एमाले चाहिन्छ । वैशाख ३० को चुनाव जितेनौँ भने विकासको गति अगाडि बढ्न गाह्रो हुन्छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com