Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

नक्कली सुन बिक्री गरेको आरोपमा एक जना पक्राउ

वैशाख, ४ काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलुगुढीका ५४ वर्षीय शेरबहादुर गिरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले हिजो पक्राउ गरेको हो ।

गिरीले आफूसँग १ किलो काँचो सुन रहेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका-२ कि ४५ वर्षीया सविता सिटौलालाई ६० लाखमा बिक्री गरेको पाइएको झापाका डीएसपी कृष्ण चन्दले बताए ।

सिटौलाले ६० लाखमा किनेको भनिएको सुन नक्कली परेपछि प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले गिरीलाई बिर्तामोड-५ स्थित शनिश्चरे रोडबाट पक्राउ गरेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com