Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

युक्रेनको प्रमुख सहर सेभेरोडोनेट्स्क जाने प्रत्येक पुल ध्वस्त

छिमेकी मुलुक युक्रेनमा युद्ध जारी राखेको रसियाले युक्रेनी सहर सेभेरोडोनेट्स्कका सबै पुलहरू ध्वस्त बनाइदिएको छ।
स्थानीय गभर्नर सेर्हेई हाइडाईले सेभेरोडोनेट्स्कका सबै पुल ध्वस्त भएसँगै सहर पूर्ण रूपमा विच्छेद भएको छ। सेभेरोडोनेट्स्कका सबै तीन वटा पुलहरू ध्वस्त भएको विवरण हाइडाईले टेलीग्राममा पोस्ट गरेका छन्।

यो सँगै त्यहाँ आपूर्ति व्यवस्था मिलाउन र नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न समस्या भएको गभर्नर सेर्हेईले जानकारी दिएको बिबीसीले जनाएको छ।

सहरका बासिन्दालाई ‘अत्यन्तै कठिन परिस्थितिमा’ बाँच्न बाध्य पारिएको गभर्नर सेर्हेईले बताएका छन्। उक्त पूर्वी युक्रेनी सहरमा अहिले पनि भीषण लडाइँ जारी छ।

युक्रेनी अधिकारीका अनुसार त्यहाँ रूसले आफ्ना सेनाहरूलाई सैन्य केन्द्रहरूबाट बाहिर निकालेको छ। यो सँगै रुसले सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्क कब्जामा लिने प्रयास गरिरहेको छ।

उक्त क्षेत्रका धेरैजसो भू-भागहरू रुस समर्थित पृथकतावादीहरूद्वारा नियन्त्रित छन्।
बिबिसीका अनुसार उक्त सहरको करिब ७० प्रतिशत हिस्सा अब रुसी नियन्त्रणमा पुगेको छ।

रूस समर्थित स्वघोषित डोनेट्स्क पिपुल्स रिपब्लिकका सैन्य प्रतिनिधिले उक्त सहरमा बाँकी रहेका युक्रेनी सेनाहरूले आत्मसमर्पण गर्नुपर्ने वा ज्यान दिनुपर्ने बताएका छन्।

एकजना उच्च रुसी अधिकारीले मस्कोको प्रमुख उद्देश्य भनेकै स्वघोषित पिपुल्स रिपब्लिक अफ डोनेट्स्क र लुहान्स्कको रक्षा गर्नु भएको प्रतिक्रिया दिएका छन्।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त सहरमा युद्धको मानवीय मूल्य डरलाग्दो भएको बताएका छन्। यद्यपि उनले युक्रेनी सेनाले हर तरहबाट रुसी सेनाको सामना गरिरहेको स्पष्ट पारेका छन्। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com