Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

हुम्लामा हिमपात

माघ १२ काठमाडौ । हुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरी हिउँ परेको हो ।

हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ । जिल्लाको माथिल्लो क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका धेरै ठाउँहरुमा दुइ फिट भन्दा धेरै हिउँ जमेको छ भने तल्लो क्षेत्रमा भने करिब आधा फिट हिउँ जमेको छ । हिउँपरेपछि विशेष गरी किसानहरु खुुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।

हिमपात भएसँगै हुम्लामा जाडो बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय हुम्लाका अनुसार यहाँको तापक्रम माइनस २ डिग्री रहेको छ । बिहानैदेखि आएको निरन्तरको हिमपातले पशुचौपायाहरु गोठभत्रै घाँस हालेर राखिएका छन् भने सोलारबाट सञ्चालित सम्पूर्ण सेवाहरू अवरुद्ध भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com