ताप्लेजुङमा भिरबाट लडेर एक जनाको मृत्यु
जेठ,२ काठमाडौं । घाँस काट्न जाने क्रममा भिरबाट लडेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपका लाक्पा ठिन्डुक शेर्पाको मृत्यु भएको छ।
५४ वर्षिय उनी स्थानीय ज्यामिर थान्का भिरमा घाँस काट्न गएका थिए। उनका भाई मिङ्मा ठिन्ले शेर्पाका अनुसार घाँस काट्न गएका उनी फर्किएर नआएपछि खोजतलास गर्ने क्रममा भिरको खोँच भागमा मृत अवस्थामा भेटिएका हुन्।
Facebook Comment