Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

गठबन्धन सरकारका कारण देश बर्बाद भयोः भैरवसुन्दर श्रेष्ठ

माघ,२४ काठमाडौं । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारका कारण देश बर्बाद भएको टिप्पणी गरेका छन् । आज राष्ट्रियसभाको बैठकमा श्रेष्ठले देशमा भयावह स्थिति सिर्जना भएको र दिनप्रतिदति देश असफलतातिर गएको बताए ।

देशमा भ्रष्टाचारले सीमा नाघेको र सुशासन कायम नरहेको श्रेष्ठको जिकिर छ । २०८४ मा बहुमतका साथ आफ्ना योजना लिएर नेकपा एमाले सरकारमा आउने उनको दाबी छ । ‘देशमाथि जुन भयावह स्थिति सिर्जना भएको छ । देश असफलतातिर गएको छ । देश अराजकतातिर गएको छ । देशमा भ्रष्टाचार भएको छ । देशमा सुशासन कायम छैन,ु उनले भने ।

इतिहासमा सबैभन्दा कमजोर सरकार अहिलेको भएको श्रेष्ठको दाबी छ । सरकारले देशको सार्वभौम सत्ता, नेपालको स्वाभिमान, नेपाली स्वाधिनतालाई कमजोर बनाउने काम तथ्य प्रमाणले प्रमाणित गरेको उनले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com