Yeti Khabar

२०८१ जेष्ठ ८, मंगलवार - Tue May, 2024 -

युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक

युरोपमा हरेक दिन झण्डै ४७ जना आप्रवासी बालबालिका हराउने गरेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । ‘क्रस बोर्डर जर्नलिज्म कलेक्टिभ लस्ट इन यूरोप’ को नयाँ अनुसन्धानअनुसार विगत तीन वर्षमा ५० हजार जनाभन्दा धेरै बाल आप्रवासी बेपत्ता भएका देखिएको छ ।

अनुसन्धानका क्रममा अष्ट्रिया, जर्मनी र इटालीलगायत ३१ युरोपेली देशहरूमा पाइएको तथ्याङ्कअनुसार सन् २०२१ र २०२३ को अन्त्यसम्ममा कम्तीमा ५१ हजार चार सय ३३ जना शरणार्थी नाबालिग बेपत्ता भएका देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

अझ केही देशहरूमा अपर्याप्त कागजातका कारण वास्तविक सङ्ख्या पत्ता नलागेकाले अझै बढी सङ्ख्या हुन सक्ने जनाइएको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी इटलीबाट २२ हजार आठ सय ९९ जना बालबालिका बेपत्ता भएका छन् । त्यसपछि क्रमशः अष्ट्रिया, बेल्जियम, जर्मनी र स्विट्जरल्याण्डबाट धेरै बालबालिका हराइरहेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com