Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

तिंकरमा मतदान सकियो, छांगरूमा सकिँदै

व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ। चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो।
तिंकरमा १३६ जनाले मतदान गरेका छन्। मतदान गर्नेमा ७३ पुरूष र ६३ महिला मतदाता छन्। तिंकरमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए।

तिंकर मतदान केन्द्रमा १११ पुरूष र १२० महिला गरी २३१ जना मतदाता थिए।

व्याँस–१ कैलाशपति आधारभूत विद्यालय छांगरूमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ । दिउँसोसम्म छांगरूमा २०९ ले मतदान गरेका छन् । यस केन्द्रमा ३७५ जना मतदाता छन्।

यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छांगरू तिंकर बसाई सरेका थिए। यहाँका स्थानीय छ महिना सदरमुकाम खलंगा र छ महिना छांगरू तिंकर बसाई सर्ने गरेका छन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com