Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

आजदेखि सडकमा खानेकुरा बेच्न निषेध

असार, १४ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ।
हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गरेको जनाएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामी बढ्दै गएकाले महानगरपालिकाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लागएको हो। आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने भन्दै महानगरपालिकाले चेतावनी दिएको छ।

होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए। उनले पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न समेत काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com