Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

पल शाह पक्षकै कानुन व्यवसायीबाट आजकालागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित

जेठ, १२ काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ । निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका हुन् ।

एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए ।

उच्च अदालत पोखराले यसअघि दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो । दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि उच्च अदालत पोखराले बिहीबारका लागि उक्त निवेदन दैनिक पेसी सूचीमा राखेको थियो । तर तयारी नपुगेको भन्दै निवेदककै तर्फबाट बिहीबारको पेसी स्थगित गराइएको छ । अब उक्त निवेदन उपर अर्को सुनुवाइका लागि मिति तोकिने छ ।

पल शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको थियो । उक्त मुद्दामा शाहका म्यानेजर कृष्णप्रसाद जोशी धरौटीमा रिहा भएकाले उनले मुद्दामा चलखेल गरेको भन्दै उनलाई पनि थुनामै राख्न सरकारी वकिलले निवेदन दिइएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com