कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाँदै
जेठ,३० काठमााडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान गर्दैछन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यता जान लागेका छन् । सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेको उनको सचिवालयले बतायो ।
‘पेटसम्बन्धी समस्या देखिएपछि उहाँले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएको छ, अहिले पनि फलोअपमा जान लाग्नुभएको हो,’ सचिवालयले भन्यो।